९ भदौ २०८३, मंगलबार | August 25, 2026

कैलाली एमालेमा चरम विवाद : भीम रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला



धनगढी । कैलाली क्षेत्र नम्वर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरू बीचको विवादकै कारण कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेको महधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले अस्वीकार गरेको छ । रावल पक्षले भने बुधबार ९आज० फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएको उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महााधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाइँले भने, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौं ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नौ‌ जना महााधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको बताए । उनले पार्टीकाविरुद्ध गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन् ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कही कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजनामा गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरी उचित कारवाहीको विषय बनाउनेछ । र त्यस्ता कार्यक्रममा भुलबस पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरुलाई सुचित गरिन्छ । अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन । त्यसैले कसैको उस्काहट, इगो र पार्टीको आन्तरिक जीवनलाई विरोधी शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चदै दशौ‌ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौं ।’ एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । -न्यूज कारखाना

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : १२ बजे

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,