१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोभिड घटेसँगै राहदानी बनाउनेको संख्या बढे



बुटवल । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो ।

विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउने घटेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५/७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६/७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८(७९ को कात्तिक मसान्तसम्म बिगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् । ‘कोरोना महामारीका कारण विदेश जानेको संख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्,’ उनले भने ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन् । सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन् ।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात आर्थिक वर्ष २०७५/७६ मा भने राहदानी बनाउनेको संख्या उल्लेख्य थियो । यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सातहजार २९ वटा राहदानी जारी भएका छन् । उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : २७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर