३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानन्यायाधीस विरुद्ध आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धर्नामा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

केहिदिनयता निरन्तर धर्नामा बस्दै आएका कानून व्यवसायीहरुमाथि प्रहरीले आज बल प्रयोग गरेको हो । प्रधानन्यायाधीस जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भन्दै उनी छिर्ने गेटमै धर्ना दिने क्रममा प्रहरीले बल प्रयोग गरेको हो ।

नियमित छिर्ने गेटमा धर्ना हुँदै आएपछि जबराले वैकल्पिक गेट प्रयोग गर्दै आएका थिए । आज कानून व्यवसायीहरुले सो गेटमा पनि धर्ना बस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो । त्यसक्रममा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुले आरोप लगाएका छन् ।

यता, राजीनामाको दबाब झेल्दै आएका जबराले सर्वोच्च अदालतका न्यायाधीसहरूको पूर्ण बैठक वोलाउने तयारी गरेका छन् ।

असन्तुष्ट न्यायाधीसहरूले जबराबाहेक नै फुलकोर्ट बस्ने तयारी थालेपछि उनले बैठक बोलाउने तयारी गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : २२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका