१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नबिल बैंकद्वारा ‘नबिल प्रिमियम रेमिट्यान्स वचत खाता’ संचालन



काठमाडौं । नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत नबिल प्रिमियम रेमिट्यान्स वचत खाता (Nabil Premium Remittance Savings Account) संचालन ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आईरहेको बैंकले थप सुविधा दिन यो खाता संचालनमा ल्याएको हो ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने जनाएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : ३७ बजे

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी