३० चैत्र २०८२, सोमबार | April 14, 2026

प्रधानन्यायाधीस जबरालाई बल पुग्ने न्यायाधीसको कार्य स्वीकार्य हुँदैन : पूर्णमान शाक्य



काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीसहरूलाई आग्रह गरेका छन् ।

बिहीबार दिउँसो बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीसहरू सहभागी हुनुअघि शाक्यले सो बताएका हुन् । जबरालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

‘न्यायाधीसहरूबाट जबरालाई बल पुग्ने कुनै कदम चालेमा स्वीकार्य हुनेछैन’, उनले भने, ‘उहाँ डुब्दै गएको घाम हो । उहाँलाई साथ दिने पनि डुब्छन् । हामी जितको नजिक छौं ।’

जबराले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ । बेन्च सेयर गर्ने इजलासमा बहस नगर्ने अध्यक्ष शाक्यले चेतावनी दिए । बिहीबार धर्नामा कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बलप्रति उनले आपत्ति जनाए ।

यस्तै, बारका पूर्व अध्यक्ष हरिहर दाहालले बारको आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने बताए । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी दमन बन्द गर्न चेतावनी दिए ।

‘प्रहरी हटाउनुस् । गृह प्रशासनसँग मिलेर कुनै अप्रिय घटना भएमा प्रधानन्यायाधीस जबरा जिम्मेवार हुनेछन्’, उनले भने ।

जबराले राजीनामा नदिने भन्दै उनले भने, ‘ सितिमिति जबराले छोड्ने अवस्था छैन । पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गरौं । तीन हजार साथीहरू सडकमा राखेर प्रदर्शन गर्न सकियो भने प्रभावकारी हुन्छ ।’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १ : २५ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका