१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

अदालतबाट दंगा प्रहरी हटाउन र मानवअधिकार आयोगलाई अनुगमन गर्न बारको आग्रह



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेको छ ।

बारले बिहीबार पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालत परिसरमा रहेका एसएलआर हतियारसहित प्रहरी हटाउन माग गरेको हो ।

साथै बिहीबार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायी घाइते हुने गरी भएको घटनाको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई बारले आग्रह गरेको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा आफूहरूको निसर्त माग रहेको बारको भनाइ छ ।

 

विज्ञप्तिको पूर्णपाठ

नेपाल बार एशोसिएशनद्वारा आयोजित र पूर्व घोषित शान्तिपूर्ण धर्ना कार्यक्रममा आज मिति २०७८/८/२ मा सर्वोच्च अदालत परिसर भित्र दंगा प्रहरीद्वारा बर्बरतापूर्ण आक्रमण भएको छ । भ्रष्टाचार, असक्षम र नैतिकताविहीन कार्यमा संलग्न प्रधानन्यायाधीसको राजीनामा माग गर्दै भईरहेको शान्तिपूर्ण पूर्व निर्धारित कार्यक्रममा यसअघि नै दंगा प्रहरी प्रवेश गराइएकोमा आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्धमैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं।

अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीस र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ । अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्याय प्रशासन र न्याय सम्पादन सुसञ्चालन गर्न सकिने कल्पना पनि गर्न सकिँदैन । आजको शान्तिपर्ण प्रदर्शनमा दंगा प्रहरीको आक्रमणबाट ने.बा.ए.का अध्यक्ष वरिष्ठ अधिवक्ता श्रा चण्डेश्वर श्रेष्ठ सामान्य घाइते हुन भएको छ भने ने.बा.ए का केन्द्रीय सदस्य अधिवक्ता श्री प्रकाश महर्जन टाउकोमा गम्भीर चोट लागि अस्पताल भर्ना हुन भएको छ । सोही क्रममा वरिष्ठ अधिवक्ता श्री सविता भण्डारी बराल सर्वोच्च बार एशोसिएसनका सचिव अधिवक्ता श्री ऋषिराम घिमिरे, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, यवराज वन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण तथा उच्च अदालत बार पाटनका सदस्य अधिवक्ता श्री गोपाल सापकोटा लगायत धेरै कानून व्यवसायीहरू घाइते हुनु भएको छ । आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरूमा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानव अधिकारसम्बन्धी संघ संस्थाहरूलाई आह्वान गर्दछौं ।

साथै भोलिदेखि नै अदालत परिसरवाट दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको गंभिर ध्यानाकर्षण गराउँदछौं । साथै बिचौलिया वा भिजिलान्तेहरूवाट कुनै पनि कानुन व्यवसायी माथि आक्रमण तथा असुरक्षाको अवस्था उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधान न्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने कुराको चेतावनी पनि दिन चाहान्छौं । आजको घटनाको विरुद्धमा भोलि विहान १०ः०० बजे सर्वोच्च अदालत परिसरमा भेला भई थप सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउन चाहान्छौं

आजको विरोध सभाको समापन पश्चात ३–४ जना विचौलिया र भ्रष्टका मतियारहरू नेपाल बार एसोसिएशनको परिसरमा अनधिकृत रुपमा प्रवेश गरी कानून व्यवसायीलाई अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जतसमेत गर्ने प्रयास भएको घटनाको समेत निन्दा गर्दछौं र कुनै पनि बहाना र सर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई हाम्रो आन्दोलन नरोकिने पुनः स्पष्ट गर्न चाहान्छौं । जुनसुकै अवस्थामा हुने भ्रष्ट र विचौलियाको हर्कतको विरुद्धमा एकाकार भई नेबाएको अभियानमा सहभागी हुन नेवाए समस्त कानुन व्यवसायीलाई अनुरोध गर्दछ । साथै यो पवित्र उद्देश्य लिएर नेवाएले सञ्चालन गरेको अभियानको कारण असुविधामा पर्नु भएका सेवाग्राहीहरूलाई धैर्य धारण गर्न र हाम्रो अभियान प्रति ऐक्यबद्धता जनाउने सम्पूर्ण नागरिक समाज, पेसाकर्मी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।

वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ
अध्यक्ष

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ३ : ५३ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र