२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

आफैले अदालतमा मुद्दा दिएको विषयलाई उठाएर प्रमुख प्रतिपक्षले संसद अधिवेशन चल्न दिएन : प्रवक्ता शर्मा



बुटवल । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकारले प्रमुख प्रतिपक्षलाई बिच्काएको नभई प्रमुख प्रतिपक्षले सरकारलाई बिच्काएको बताएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले सिङ्गो अधिवेशन भरी संसद चल्न नदिएर प्रमुख विपक्षीले सरकारलाई बिच्काएको आरोप लगाए ।

मन्त्री शर्माले आफैले अदालतमा मुद्दा हालेको विषयलाई लिएर विपक्षी एमालेले अदालतको फैसला समेत नकुरी संसद अवरोध गरेको बताए । उनले प्रमुख विपक्षीलाई सहमतीमा ल्याउने प्रयासकै कारण बजेट अधिवेशन धेरै लामो भएको बताए । उनले सरकार सकेसम्म अध्यादेश ल्याएर काम गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै तयारी अवस्थामा रहेका विधेयकहरुलाई आगामी संसद अधिवेशनमा प्रस्तुत गरिने जानकारी दिए । प्रदेश प्रहरी विधेयक, अनुसन्धान विधेयक जस्ता महत्वपूर्ण विधेयक संसदमा लैजाने तयारीमा सरकार रहेको जानकारी दिँदै बुधबार बसेको मन्पिरिषदको बैठकले प्रदेश खेलकुद ऐनलाई प्रदेशसभामा लैजान स्विकृति दिने निर्णय गरेको जानकारी दिए ।

प्रदेश सरकारले प्रस्ताव गरेको प्रदेश ट्रमा सेण्टरका लागि दाङको लमहीमा डिभिजन बन कार्यालयको नाममा रहेको जग्गा ट्रमा सेण्टरको नाममा स्वामित्व हस्तान्तरणका लागि संघीय सरकारलाई सिफारिस गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको शर्माले बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले मिडीया विधेयक यथास्थितीमा रहेको जनाउँदै सकेसम्म संशोधन गरेर संसदमा लैजाने पक्षमा आफु रहेको स्पष्ट पारे । उनले हाल सो विधेयक संशोधन पनि नभएको र फिर्ता पनि नभएको बताउँदै सरकारले सबै पक्षसँग परामर्श जारी राखेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ५७ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर