३१ असार २०८३, बुधबार | July 15, 2026

सञ्चारप्रति अनुदार मन्त्री र मन्त्रीको निर्देशन नमान्ने कर्मचारीका कारण लुम्बिनीमा सञ्चार क्षेत्रको करोड बढी बजेट फ्रिज



बुटवल । अनुभवहिन मन्त्री र गैरजिम्मेवार कर्मचारी प्रशासनका कारण लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रलाई छुट्टाएको विनियोजित बजेट यस वर्ष पनि फ्रिज भएको छ । नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई बजेट बिनियोजन गरिएपनि सञ्चारमन्त्रीको कमजोरी र कर्मचारीको बदमासीका कारण सो बजेट फ्रिज भएको हो ।

लुम्बिनी प्रदेश सरकार र प्रदेश सरकारका कर्मचारीले सञ्चार क्षेत्रलाई हेर्ने गिद्दे दृष्टिले गर्दा हरेक वर्ष विनियोजन गरिएको बजेट फ्रिज हुँदै आएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा सञ्चार क्षेत्रलाई छुट्टाएको अधिकांश बजेट विभागीय मन्त्री तथा कर्मचारीहरुको चरम लापरवाहीका कारण फ्रिज भएको हो । अघिल्लो सरकारमा सञ्चारमन्त्री रहेका वर्तमान मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकालमा जस्तै वर्तामान सञ्चारमन्त्री तिलकराम शर्माको कार्यकालमा पनि सञ्चार क्षेत्रको अधिकांस बजेट फ्रिज भएको छ ।

तत्कालीन मुख्यमन्त्री एवं हालका नेकपा एमालेका महासचिव शंकर पोख्रेल हुँदा पनि सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनले बाहेक अरु कसैले पनि नपाएर बजेट नदिएर विनियोजित बजेट फ्रिज गराएको थियो भने चालु वर्षमा पनि केही अनुत्पादक असारमा गरिने सेमिनार, गोष्ठी र तालीमका खर्च गरिने बाहेकका सञ्चार संस्था र सञ्चारकर्मीका नाममा छुट्टाईएको बजेट फ्रिज गराइृएको छ।

लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत् सञ्चार क्षेत्रलाई विनियोजन गरेको रकमलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको अनुभवको कमीका कारण मन्त्रालयका कर्मचारीहरुबीच समन्वय हुन नसक्दा बजेट फ्रिज भएको मनत्रालयकै एक कर्मचारीले बताएका छन् । विनियोजित बजेट खर्च गर्ने विषयमा कार्यविधि बनाउन कर्मचारीहरुले चासो नदिएपछि सो रकम फ्रिज हुने अवस्थामा पुगेको बताइएको छ । यद्देपी मन्त्री आफैले बजेट खर्च गर्ने विषयमा सक्रिय चासो नदेखाएपछि कार्यबिधि नबनेको ती कर्मचारीले बताए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले पत्रकारहरुलाई लेखनवृत्तिका लागि छुट्टाएको २० लाख रुपैयाँ, रेडियो उपकरण अनुदान शीर्षकमा २० लाख रुपैयाँ, सञ्चार सम्बद्ध संघसंस्थाहरुलाई दिनका लागि छुट्टाइएको २५ लाख र प्रदेशमा दर्ता भएर सञ्चालन आएका अनलाइन (डिजिटल पत्रिकाका) लागि अनुदान छुट्टाइएको २० लाख रकम पनि फ्रिज भएको हो । अनलाईन पत्रिकाहरुलाई आर्थिक वर्ष सकिनै लाग्दा सूचीकृत हुन सुचना जारी गर्दै आवश्यक खर्चको प्रस्ताव समेत मागेर पनि सूचीकृत हुन दिईएको आवेदन रद्दीको छोकरीमा फाल्दै सबै बजेट फ्रिज गराईएको छ ।

सञ्चारमाध्यमलाई हेर्ने गलत दृष्टिले बजेट फ्रिज हुनु भनेको सरकारी संयन्त्रको लाचारीपन छर्लङ्ग भएको पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए । उनले सरकारकै अनिच्चछाका कारण बजेट फ्रिज भएको दाबी गर्दै अनुत्पादक कामका पुरानो मितिको सम्झौता देखाएर कर्मचारी निकटका केही व्यक्तिहरुले बजेट हात पार्न सफल भएको बताए ।

प्रदेशमा सञ्चारलाई विनियोजन गरिएको बजेट फ्रिज भईरहँदा प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भने जनकपुरमा रेल चढेर मजा लिईरहेका थिए । बजेट फ्रिज भएको सम्बन्धमा चासो राख्दा आफ्नो अनुभवको कमी भएको मन्त्री शर्माले स्विकार गरे । खबरकुरासंग कुरा गर्दै उनले आफ्नो अनुभवको कमी र कर्मचारीको अटेरीका कारण बजेट फ्रिज भएको बताए । पटक पटक कार्यबिधि बनाउन आफुले कर्मचारीलाई निर्देशन दिएपनि कर्मचारीहरुले बेवास्ता गरेको मन्त्री शर्माले गुनासो गरे । ‘लामो समय मन्त्रालय सचिव बिहिन भयो, सचिव आएपछि पनि विभागिय प्रमुखहरु रहेनन्, रहेका कर्मचारीले निर्देशनको बेवास्ता गरे ।’ मन्त्री शर्माले भने ।

सञ्चारलाई शिर्शक अनुसार विनियोजित बजेट फ्रिज भएपनि मन्त्रालयमा नाम दर्ता भएका तर कार्यालय नभएका संस्था एवं कम्पनीलाई भने मन्त्रालयबाट रकम बाँडिएको छ ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ५० बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा