१ चैत्र २०८२, आइतबार | March 16, 2026

कांग्रेस अधिवेशन : रुपन्देहीमा दुई समूह प्यानलसहित प्रतिस्पर्धामा



बुटवल । नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रकाे अधिवेशनअन्तर्गत रुपन्देहीमा दुईवटा समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रुपन्देहीमा प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा आज कांग्रेसको अधिवेशन हुँदैछ ।

नौ वटा क्षेत्रमा दुईवटा समूहले आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । एउटा क्षेत्रमा भने सर्वसम्मत हुने सम्भावना रहेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

रुपन्देही-१ प्रदेश सभा १ मा नवीन आचार्य र मदन पोखरेल प्रतिस्पर्धामा छन् । आचार्य देउवा निटक हुने् भने पोखरेल पौडेल निकट मानिन्छन् । निर्वाचन नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा देउवा समूहबाट माधवलाल देवकोटा र पौडेल समूहबाट खड्गबहादुर महतले उम्मेवारी दिएका छन् । प्रदेश सभा २ मा देउवा समूहबाट रामेश्वरप्रसाद श्रेष्ठ, पौडेल समूहबाट पर्शुराम ढकालले उम्मेवारी दिएका छन् ।

रुपन्देही-३ अन्तर्गत प्रदेश सभा १ मा देउवा समूहबाट सुरेन्द्रजंग थापा र पौडेल समूहबाट पुरनप्रसाद श्रेष्ठ, प्रदेश सभा २ मा देउवा समूहबाट घनश्याम चालिसे र पौडेल समूहबाट दुर्गा चापागाईं, क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा देउवा समूहबाट राजकुमार सिंह र पौडेल समूहबाट शिवकुमार यादव, क्षेत्र नम्बर ४ को प्रदेश सभा २ मा देउवा समूहबाट अशोककुमार त्रिपाठी र पौडेल समूहबाट श्रीराम यादवले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । दुवै समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा भने पौडेल समूहबाट बिन्दराम यादव निर्विरोध भएका छन् । प्रदेश सभा २ मा देउवा समूहबाट रामबहादुर थापा र पौडेल समूहबाट गुरु घिमिरे प्रतिस्पर्धामा छन् । पौडेल निकट मानिने कांग्रेसका बुटवल उपमहानगर कमिटी सभापति खेलराज पाण्डेले आफ्नो समूहले जित्ने दाबी गरे । कांग्रेसलाई गति दिन केन्द्रीय महाधिवेशनमा नेतृत्व परिवर्तन हुनै पर्ने उनले बताए ।

देउवा निकट मानिने कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले पालिकाहरूमा आफूहरूको बहुमत भएकाले आफ्नो समूहले जित्ने दाबी गरे । प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्ने छ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्वपदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, संघीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ४५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन