७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोभिडले सुस्ताएको तिलोत्तमाको बृहत् सरसफाइ अभियान फेरि अघि बढ्यो



बुटवल । कोभिड-१९ का कारण सुस्ताएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बृहत् सरसफाइ अभियान फेरि सुरु भएको छ । तिलोत्तमाले समुदायलाई परिचालन गरी बृहत् नगर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

यही अभियानकै क्रममा नगरलाई खुला शून्य पोलिथिनयुक्त नगरसमेत घोषणा गरिसकिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाइ अभियान ७८ औं शृंखला पुगेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

कोभिड संक्रमण घट्दै जान थालेपछि समुदायस्तरमा हुने सरसफाइमा नगरबासी पुनः सक्रिय हुन थालेका हुन् । तिलोत्तमाले पूर्णसरसफाइ उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाइ अभियानलाई प्राथमिकतामा राख्दै आएको छ ।

कोभिडको प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संघसंस्था सरसफाइमा सक्रिय रूपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरूले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाइ कार्यक्रम गर्दै आएका छन् ।

सरसफाइ अभियानमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी विभिन्न संघसंस्था, टोल विकास संस्था र समुदायस्तरको सहभागिता रहने गरेको छ । सरसफाइ अभियन्ताहरूले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्ने गरेका छन् । प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा मानव स्वास्थ्यमा हानि पुग्ने भएकाले निर्धारित स्थानमा व्यवस्थापन गर्न उनीहरूको आग्रह छ ।

नगर प्रमुख घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरवासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारबाही हुने बताए । “नगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई कारबाही गर्ने गरेको छ, अहिले नगरबासीमा सरसफाईप्रतिको चेतना जागृत भएको छ”, उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ४० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल