२ बैशाख २०८३, बुधबार | April 15, 2026

काठमाडौंमा पक्राउ परेका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने सरकारको निर्णय



काठमाडौं । अफगानिस्तानबाट भागेर भारत हुँदै नेपाल पसेका ११ अफगानी नागरिकलाई सरकारले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाइने भएको छ । अवैध रुपमा नेपाल प्रवेश गरेरे राजधानी काठमाडौंमा घर भाडाामा लिएर बसिरहेका उनीहरुलाई गृह मन्त्रालयको निर्णय बोजिम यूएनएचसीआरको जिम्मा लगाइने भएको हो ।

गृह मन्त्रालयले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय गरेको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले पुष्टि गरेका छन् । उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । अध्यागमनमा बुझाईएका ११ जना मध्य ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाइएको भएपनि मेक्सिकोको अध्यागमनले उनीहरुलाई प्रवेश अनुमति नै नदिएर नेपाल फिर्ता पठाइदिएको थियो ।

यसरी सरकारले बुझाएको नागरिकलाई यूएनएचसीआरले ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिने गरेको छ । यूएनएचसीआरले उनीहरुलाई शरणार्थीको मान्यता दिएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गर्न पाउने छैन । पक्राउ परेका ११ अफगानी रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल छिरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ३९ बजे

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार