१८ माघ २०८२, आइतबार | February 1, 2026

काठमाडौंमा पक्राउ परेका ११ अफगानीलाई यूएनएचसीआरको जिम्मा लगाउने सरकारको निर्णय



काठमाडौं । अफगानिस्तानबाट भागेर भारत हुँदै नेपाल पसेका ११ अफगानी नागरिकलाई सरकारले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाइने भएको छ । अवैध रुपमा नेपाल प्रवेश गरेरे राजधानी काठमाडौंमा घर भाडाामा लिएर बसिरहेका उनीहरुलाई गृह मन्त्रालयको निर्णय बोजिम यूएनएचसीआरको जिम्मा लगाइने भएको हो ।

गृह मन्त्रालयले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय गरेको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले पुष्टि गरेका छन् । उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । अध्यागमनमा बुझाईएका ११ जना मध्य ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाइएको भएपनि मेक्सिकोको अध्यागमनले उनीहरुलाई प्रवेश अनुमति नै नदिएर नेपाल फिर्ता पठाइदिएको थियो ।

यसरी सरकारले बुझाएको नागरिकलाई यूएनएचसीआरले ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिने गरेको छ । यूएनएचसीआरले उनीहरुलाई शरणार्थीको मान्यता दिएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गर्न पाउने छैन । पक्राउ परेका ११ अफगानी रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल छिरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ३९ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज