११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपाली काँग्रेस १४ औ महाधिवेशन : रुपन्देही ३(क) को मतगणना स्थलमा आक्रमण ५ जना घाइते, मतगणना स्थगित



बुटवल । नेपाली काँग्रेसको १४ औ माहाधिवेशन अन्तर्गत प्रदेश निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा कम्तीमा ५ जना घाइते भएका छन् । प्रदेश ३ (क) को मतगणना स्थल सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका केही युवाहरुले आक्रमण गर्दा एकजना उम्मेदवार सहित ५ जना घाईते भएका छन् ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरु मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको बताइएको छ । आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको र गम्भीर घाइते भएका क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्तलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याईएको छ ।

आक्रमण भएपछि मतगणाना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाण समर्थकहरुले आक्रमण गरेको मतगणना स्थलमा रहेका एक काँग्रेस कार्यकर्ताले आरोप लगाएका छन् । तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको नाम बताउन नचाहने ती कार्यकर्ताले खबरकुरालाई बताए ।

नोट : यस अघि समाचारमा प्रदेश (क) हुनुपर्नेमा प्रदेश(ख) भएको हुँदा सच्याईएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : २७ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको