१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपाली काँग्रेस १४ औ महाधिवेशन : रुपन्देही ३(क) को मतगणना स्थलमा आक्रमण ५ जना घाइते, मतगणना स्थगित



बुटवल । नेपाली काँग्रेसको १४ औ माहाधिवेशन अन्तर्गत प्रदेश निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा कम्तीमा ५ जना घाइते भएका छन् । प्रदेश ३ (क) को मतगणना स्थल सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका केही युवाहरुले आक्रमण गर्दा एकजना उम्मेदवार सहित ५ जना घाईते भएका छन् ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरु मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको बताइएको छ । आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको र गम्भीर घाइते भएका क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्तलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याईएको छ ।

आक्रमण भएपछि मतगणाना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाण समर्थकहरुले आक्रमण गरेको मतगणना स्थलमा रहेका एक काँग्रेस कार्यकर्ताले आरोप लगाएका छन् । तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको नाम बताउन नचाहने ती कार्यकर्ताले खबरकुरालाई बताए ।

नोट : यस अघि समाचारमा प्रदेश (क) हुनुपर्नेमा प्रदेश(ख) भएको हुँदा सच्याईएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : २७ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका