९ भदौ २०८३, मंगलबार | August 25, 2026

काँग्रेस १४ औ महाधिवेशन : आक्रमणबाट घाइते भन्छन् गृहमन्त्रीको आडमा गृहमन्त्रीकै भाईको निर्देशनमा आक्रमण भयो



बुटवल । काँग्रेस महाधिवेशनको सन्दर्भमा रुपन्देहीको प्रदेश ३(क) को मतगणना स्थलमा आक्रमणमा परेका घाइते नेताका समर्थकहरुले अस्पतालको बेडमै पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा मण्डले शैलीमा आक्रमण भएको भन्दै घटनाको निन्दा समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश (क)का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणको भाई रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । उनले खाणको निर्देशनमा तरुण दलका रुपन्देही अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आएको टोलिले काँग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण भएको बताएका छन् । सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर आफ्नै पार्टीको कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै श्रेष्ठले मतगणना स्थलको सुरक्षा दिन नसक्ने गृह प्रशासनको समेत भत्र्सना गरेका छन् ।

सिद्धार्थनगरको भैरहवा स्थित प्रदेश (क)को मतगणना स्थलमा राती काँग्रेसका देउवा पक्षधर युवाहरु पुगेर जेनरेटर बन्द गर्नुका साथै प्रदेश सचिव पदका उम्मेदवार शैलेस पन्त सहित ५ जना कार्यकर्ताहरु माथि आक्रमण गरेका थिए । घाइते ४ जनाको भिम अस्पतालमा र गम्भीर घाइते भएका पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । रुपन्देहीमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले आफ्नो पक्षका नेताहरुले आन्तरिक निर्वाचनमा जित्ने निश्चित भएपछि गृहमन्त्री खाणको आडमा आक्रमण भएको आरोप लगाएका छन् ।

उता काँग्रेस रुपन्देहीका सचिव एवम गृहमन्त्रीको भाई रामकृष्ण खाणले घटना नियोजित नभएको बताएका छन् । घाइते पन्तलाई भेट्न अस्पताल पुगेको खाणले मतगणना स्थलमा नभई बाहिर झडप भएको बताउँदै त्यसमा कुनै नियोजित योजना नभएको स्पष्ट पारेका छन् । उनले गृहमन्त्रीको नाम जोड्न आवश्यक नरहेको बताउँदै घटनाका बारेमा बसेर निकास दिन सकिने बताएका छन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : ०६ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।