१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

बुटवलमा सामुहिक ईही तथा क्यता पुजाको २० औं श्रृङ्खला



बुटवल । नेवा पुचः नेवा समाज विकास परिषद बुटवलको आयोजनामा शनिबारदेखि सामुहिक ईहि यज्ञ (बेल बिबाह) तथा क्यता पुजा (ब्रतबन्ध) शुरु भएको छ। एृही तथा क्यता पुजाको सन्दर्भमा नेवा पुचःको परिसरबाट शुरु भएको कन्या तथा बटुकहरु सहितकाे रयाली कालिका मन्दिरमा आएर औपचारिक रुपमा यज्ञ शुरु भएको थियो।

नेवारी संस्कार संस्कृतिको जगेर्नाका लागि परिषदबाट सामुहिक ईही यज्ञ हुँदै आएको छ। सामुहिक ईही यज्ञबाट कन्याको खर्च कटौती हुनुको साथै नेवारी पण्डित मार्फत विधिवत सिकाईने गरिएको नेवा पुचःका अध्यक्ष काजीमान श्रेष्ठले बताए। मंसिर ४ र ५ दुई दिन हुने कार्यक्रममा नेवारी पंडित हरिशरण राज उपाध्यायले विधिपुर्वक यज्ञ सम्पन्न गराउने उनले बताए। बिसं २०५६ स्थापना भएर परिषदबाट २०५८ सालदेखि नियमित ईही र क्यता पुजा गरिदै आएको छ।

सामान्यतया घरमै यी पुजाहरु गर्दा एउटा कन्याको ६ हजार लाग्ने भएपनि समुहका गर्दा करीब ३ हजार ५ सय रुपैया भन्दा बढि खर्च नहुने आयोजकले जनाएका छन् ।

दुई दिन चल्ने कार्यक्रममा साधारण, नौ कन्या, पञ्च कन्या र मुल कन्या गरि ४९ कन्याको ईही यज्ञ र ९ जना बालकको क्यता पुजा हुने संयोजक लक्ष्मी श्रेष्ठले बताईन।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ४९ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary