२२ असार २०८३, सोमबार | July 6, 2026

‘मलाई सिध्याउन अहंकारले चुलिएकाहरुले चितवनमा महाधिवेशन गर्दैछन्, तर सक्दैनन’ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दाबी गरेका छन् ।

रौतहटमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुशता र आत्मसमर्पणवादीहरुलाई पराजित गर्दै माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी परित्याग गरी एमाले बनेका प्रभु साहलाई लक्षित गर्दै उनलाई भगौडा, प्रतिक्रान्तिकारी भएको आरोप लगाए । प्रचण्डले भने ‘रौतहट जिल्ला महान् सहिदहरूको हो, निरंकुशतावादी, आत्मसमर्पणवादीहरूको जिल्ला होइन, यो क्रन्तिकारीहरूको जिल्ला हो। महान् सहिदहरुको जिल्ला हो।’

अध्यक्ष प्रचण्डले आफुलाई सिध्याउने उद्देश्यले एमालेले चितवनमा महाधिवेशन राखेको दाबी गरे । उनले एमालेले महाधिवेशन गरेर मान्छे उतारे पनि जनताको अगाडि केही नलाग्ने बताए ।

उनले भने, ‘अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ४ : २१ बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा