२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

उदयपुरको आठ स्थानीय तहको ७५ मध्ये ७० वडामा माओवादीको वडा अधिवेशन सम्पन्न



उदयपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र उदयपुरको शनिवार वडा अधिवेशन ७० वडामा सम्पन्न भएको छ । उदयपुरको आठ स्थानीय तहको ७५ वडा मध्ये ७० वटामा अधिवेशन भएको हो ।

देशभरी एकैदिन वडा अधिवेशन गर्ने पार्टी निर्देशनअनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले पाँच वटामा भने आइतबार गर्नुपर्ने भएको छ । पार्टी जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालकाअनुसार शनिबार सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले पाँच वटा वडामा आइतवार गर्ने तय भएको छ ।

पाँच वटा बाहेक जिल्लाका सबै वडामा अविधेशन भएको र कतिपयमा सर्वसम्मत नेतृत्व चयन भइसकेको जानकारी आएको अध्यक्ष कटुवालले बताए । कटारी नगरपालिकाको २ र त्रियुगाका ४ वटा वडामा आइतबार गर्ने गरी अविधेशन स्थगित गरिएको उनले बताए ।

सदरमुकाम भएकाले सब भन्दा महत्वपूर्ण मानिने त्रियुगा नगरपालिका ११ नंं वडाको अधिवेशन साँझ सम्पन्न भएको छ । अधिवशेनले आयोजक कमिटीकै संयोजक। रहेका शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन् ।

अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ । त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ ।

लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न।अधिवेशनले गणेश राईको नेतृत्वमा सर्बसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए । उनका अनुसार अन्य वडाहरु १ नंं। बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन सम्पन्न भएको जनाएका छन ।

५ नं. वडा जाँतेमा भने अध्यक्षका आकांक्षी आधा दर्जन बढी देखिएपछि नेतृत्व चयन हुन ढिला भइरहेको छ । गाउँपालिका कमिटी सदस्य दिनेश राईकाअनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दाबी गरिरहेका छन् । अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्बसम्मत गठन भइसकेको छ । रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खबर प्राप्त भएको छ ।

कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ । चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ । सबै नतिजा आज आउने अध्यक्ष कटुवालले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ३९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२