१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण गर्नेहरुको पक्षमा खुले गृहमन्त्री खाण, क्षेत्रफल घटाएर उद्योग स्थापना गर्ने घोषणा



बुटवल । गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा उभिएका छन् । लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री खाणले खुलेरै औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतिपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफु रहेको बताए ।

रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताए । उनले मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भने, ‘बसोबास गरिरहेका जनतालाई अहटाईकन उद्योग स्थापनाको व्यवस्था मिलाउनु होस् । देश उनीहरुको पनि हो ।’

गृहमन्त्री खाणले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ प्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेर राजधानी अन्तै सार्ने काम गरेको टिप्पणी गरे ।

उनले  देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी गर्दै सरकारले परिचर र सिपाहीलाई सोही पदबाट पेन्सन पाक्ने परम्पराको अन्त्य गरेको जानकारी दिए । परिचर प्रहरी जवानबाट पेन्सन हुने र प्रहरी जवान सहायक हवल्दारबाट पेन्सन निस्कने प्रवन्ध सरकारले मिलाउने तयारी गरेको खाणले जनाए ।

उनले लायन्स आँखा अस्पतालले आँखाको महत्वलाई उजागर गरिदिएको बताउँदै आफुले गृहमन्त्रालय मातहतका अस्पतालहरुमा आँखा विभाग स्थापना गर्ने घोषणा गरे ।

उनले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकार प्रयत्नशील रहेको भन्दै त्यसलाई पूरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई उडान इजाजतको लागि प्रस्ताव राखिसकेको जानकारी दिए ।

लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सव समारोहमा आँखा अस्पतालमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ३३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम