३० असार २०८३, मंगलबार | July 14, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकेको हो । यसअघि असार २४ गते सोही इजलासले खाणलाई दोषी ठहर गरेको थियो ।

अदालतले खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गरेको छ । ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । साथै थप तीन महिना कैदसमेत निर्धारण गरिएको छ ।

यद्यपि, प्रचलित कानुनी व्यवस्थाअनुसार सजाय एकीकृत रूपमा गणना हुँदा खाणले दुई वर्ष कैद सजाय भोग्नुपर्ने र २० हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने अदालतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले असार २४ गते १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : १३ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति