२२ असार २०८३, सोमबार | July 6, 2026

मुलुकको विकास र शान्तिको लागि कांग्रेस महाधिवेशन आवश्यक : उपसभापति निधि



जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विकास र शान्तिको लागि कांग्रेसको १४औं महाधिवेशन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आइतबार जनकपुरधाम उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले मुलुकको हरेक ऐतिहासिक परिवर्तनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

पार्टीको महाधिवेशनलाई सफल बनाउन कार्यकर्तालाई आग्रह गर्दै नेता निधिले भने, ‘आउँदो निर्वाचनमा राम्रो नतिजाको लागि कांग्रेसका नेता तथा कार्यकर्ताले शासक होइन सेवकको रूपमा जनताको काम गर्नुपर्छ ।’

कांग्रेसको अगुवाइमा मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान जारी भएको बताउँदै नेता निधिले यसलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको बताए । अहिले भइरहेको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचनमा सहमतिमा नेतृत्व छनौट गर्नुपर्नेमा नेता निधिले जोड दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ०९ बजे

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।