१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गरिए आन्दोलन : नेता निधि



जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् ।

आज यहाँ जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा उनले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

नेता निधिले अधिकारका लागि फेरी आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराए । “संविधानमा प्रदेशको आफ्नै प्रहरी प्रशासन हुन्छ भनिएको छ, हामीले नौ वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकार अधिकारसम्पन्न हुनसकेका छैनन्”, उनले भने, “जनता नजिकको शासकीय अभ्यास गर्ने प्रदेश संरचनालाई अधिकारसम्पन्न बनाउन सकेनौँ भने सङ्घीयताको के अर्थ ? चाँडोभन्दा चाँडो प्रदेशले पाउने अधिकार प्रत्यायोजन गर्न सरकारसँग मेरो आग्रह छ । सङ्घीयताको अनुभूतिका लागि सङ्घीय सरकारले यथाशीघ्र कानुन बनाएर प्रदेशलाई मजबुत बनाउनुपर्छ । यसका लागि मैले पार्टीभित्र पनि आवाज उठाइरहेको छु ।”

पूर्वउपसभापति निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलाइ भए फेरी आन्दोलन हुनसक्ने चेतावनी दिँदै त्यसको नेतृत्व कांग्रेसले गर्नसक्ने अवस्था आउनसक्ने धारणा राखे ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ८ : ३९ बजे

कञ्चनपुर-कमला सडक विस्तार : लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको