९ भदौ २०८३, मंगलबार | August 25, 2026

संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि



धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।

महोतरीका कांग्रेसका चर्चित नेता सहिद स्व शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधीले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए । निधिले भने, “मधेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।”

सर्वपक्षीय सर्वदलीय सङ्र्घषपछि कांग्रेसको नेतृत्वमा सङ्घीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाइएको बताउँदै उनले स्व शिवचन्द्र मिश्र सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरू स्मरण गराउँदै निधिले स्व मिश्र लोहरपट्टी मात्र होइन देशकै सपुत रहेको बताए । कांग्रेस महोतरीका सभापति नागेश्वर यादवले नेता निधि भौतिक पूर्वाधारमन्त्री हुँदा महोतरीमा भएको सडक विकास विस्तारप्रति धन्यवाद दिएका थिए ।

लोहरपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादव तथा कांग्रेसका अग्रज नेता महेन्द्र मिश्रले लोहरपट्टीसहितको क्षेत्रमा आँखाको बिरामी बढ्दै गएकाले उपचारका लागि एउटा अस्पताल आवश्यक रहेको भन्दै पहलकदमीका लागि नेता निधीलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ५८ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी