१ कार्तिक २०८३, आइतबार | October 18, 2026

विश्व मत्स्य दिवसको अवसरमा तिनाउमा एक लाख माछाका भुरा छाडियो



बुटवल । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले तिनाउ नदिमा १ लाखा माछाका भुरा छाडेका छन् । जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा एक लाख माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो ।

लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले माछाका भुरा तिनाउ खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए । माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको उनले बताए ।

माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईकालागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दिपक भुसालले बताए ।

वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए ।

अब प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरण सम्बन्धि कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने बताए । खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्तले बताए ।

हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । कार्यक्रममा भैरहवामा रहेको मत्स्य शुद्ध नस्ल सुधार केन्द्रबाट सुरुवात भएको ¥याली बुटवल र तिलोत्तमाको संगम मगरघाट किनारामा माछाको भुरा छाडेर सामापन गरिएको थियो ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १३ बजे

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने