९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले अध्यक्ष ओलीले हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र स्थापनाको पक्षमा लागेकालाई सहयोग गरिरहेका छन् : मसाल महामन्त्री सिंह



दाङ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले हिन्दु राष्ट्रका पक्षधर र राजतन्त्र स्थापनाको अभियानमा लाग्नेहरुलाई सहयोग पुगिरहेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुगेको बताएका हुन् ।

उनले ओलीका कारण देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताउँदै ओलीका हरेक क्रियाकलापले प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाए ।

ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको महामन्त्री सिंहको ठहर छ । ‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो,’ उनले भने ।

उनले सर्वोच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताए ।

सिंहले प्रधानन्यायाधीशका विरुद्धमा न्यायाधीशहरु र बारलगायतले गरेको आन्दोलन सही रहेको उल्लेख गर्दै न्यायिक सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउनै पर्ने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : २० बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन