१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एमाले अध्यक्ष ओलीले हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र स्थापनाको पक्षमा लागेकालाई सहयोग गरिरहेका छन् : मसाल महामन्त्री सिंह



दाङ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले हिन्दु राष्ट्रका पक्षधर र राजतन्त्र स्थापनाको अभियानमा लाग्नेहरुलाई सहयोग पुगिरहेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुगेको बताएका हुन् ।

उनले ओलीका कारण देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताउँदै ओलीका हरेक क्रियाकलापले प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाए ।

ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको महामन्त्री सिंहको ठहर छ । ‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो,’ उनले भने ।

उनले सर्वोच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताए ।

सिंहले प्रधानन्यायाधीशका विरुद्धमा न्यायाधीशहरु र बारलगायतले गरेको आन्दोलन सही रहेको उल्लेख गर्दै न्यायिक सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउनै पर्ने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : २० बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।