७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेकपा मसालको समानान्तर कमिटी गठन,पार्टी दक्षिणपन्थी बाटोमा गएको आरोप



बुटवल । टुक्रा टुक्रा पर्दे एउटा सानो झुण्डमा खुम्चिन पुगेको मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मसाल पुनः टुक्रने अवस्थामा पुगेको छ । मसाल भित्रको अल्पमत पक्षले पार्टीको केन्द्रिय समन्वय समिति घोषणा गरेपछि मसाल पुनः टुक्रने अवस्थामा पुगेको हो ।

आज बुटवलमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तबहादुर नेपाली संयोजक र मसालका पूर्व संगठन विभाग प्रमुख कृष्णराज पौडेल प्रवत्ता रहेको ५७ सदस्यीय केन्द्रिय समन्वय समिति गठन गरेको घोषणा गरिएको छ ।

नेकपा मसालको नेतृत्वले पार्टीलाई दक्षिणपन्थी बाटोमा लैजाने नीति पारित गरेको भन्दै आफूहरु क्रान्तिकारी विचार बचाउन संघर्षमा जान बाध्य भएको समन्वय समितिका संयोजक नेपालीले बताए ।

आठौं महाधिवेशनबाट पारित गरेको पार्टीको नितीमा फरक विचार राख्ने नेताहरुलाई कार्वाही गर्ने र कैयौं समितिहरु भंग गरेर पार्टी र जनवर्गीय संगठन पुनर्गठन गर्ने काम गरेपछि त्यसका विरुद्ध पार्टीभित्र केन्द्रीय सम्पर्क केन्द्रको गठन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । केन्द्रीय सम्पर्क केन्द्रको माध्यमबाट पार्टीलाई आफ्ना दक्षिणपन्थी नीतिलाई सच्चाउन दबाब दिंदै आएपनि पार्टीले बेवास्ता गरेपछि समन्वय समिति गठन गर्नु परेको नेपालीले बताए । उनले आफूहरु निरन्तर वार्ताका लागि पहल कदमी लिए पनि पार्टी नेतृत्वले वार्तालाई परिषद बैठकबाट नै लत्ताएको आरोप लगाए । ‘कार्यकर्ताहरु कै दवावमा वार्ताको लागि आह्वान गरेपनि विभिन्न शर्तहरु तेर्साएर नेतृत्वले हामीलाई वार्तामा ल्याउन चाहेन । हामीले वार्ताको लागि पहल ग¥यौं । पार्टीले हठ छाडेन र परिषद्को बैठकबाटै “वार्ता र भेटघाट फिर्ता लिने निर्णय” गर्न पुग्यो ।’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा लेखिएको छ, -‘पार्टीको यस प्रकारको फुटपरस्त नीतिको विरोध गर्दै आउने क्रममा हामीले सम्पर्क केन्द्रको राष्ट्रिय भेलागर्न र भेलाबाट केन्द्रीय समन्वय समिति गठन गर्न बाध्य भएका छौं ।’

केन्द्रीय सम्पर्क केन्द्रलाई राष्ट्रिय भेलाबाट केन्द्रीय समन्वय समिति बनाउने निर्णय भएको नेपालीले जनाकारी दिए । नेकपा (मसाल)को आठौं महाधिवेशनले लिएका दक्षिणपन्थी नीतिहरु नसच्याएर आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको उनले भने ।

नेतृत्वले विशेष महाधिवेशनको आयोजना नगरेको खण्डमा समन्वय समितिले नै विशेष महाधिवेशन गरेर पार्टी निर्माण गर्ने नेपालीले बताए । पार्टी फुटाउने वा जुटाउने मसाल नेतृत्वको जिम्मेवारी रहेको उल्लेख गर्दै नेता नेपालीले समन्वय समितिले नेतृत्वलाई पर्खेर बस्न सक्ने अवस्थामा आफुहरु नरहेको समेत उनले बताए ।

पार्टी मातहतका जनवर्गीय संगठन, वैधानिक मोर्चा वा विभिन्न मंच तथा संघसंस्थाहरु पनि बनाउन सक्ने भेलाले निर्णय गरेको उनले बताए । विभिन्न प्रदेश समितिहरु तथा जनवर्गीय संगठनहरुले विद्रोह गरिसकेको भन्दै उनले विद्रोही संगठनहरुलाई समन्वय समिति मातहत परिचालन गर्ने समेत बताए ।

नेपालीका अनुसार विशेष महाधिवेशन सम्पन्न नहुँदासम्मको समयलाई अन्तरिम अवधि मान्दै यो अवधिभर समन्वय समितिले पार्टीको नेतृत्व गर्ने, निर्देशन दिने, अन्य पक्षसँग सम्पर्क गर्ने, वार्ता संवाद गर्ने, सहकार्य गर्ने, आन्दोलनको नेतृत्व गर्ने, अपील तथा वक्तव्य जारी गर्ने लगायतका काम समन्वय समितिको नामबाट हुने गरि निर्णय भएको छ । पार्टीको मुखपत्र प्रकाशन गर्ने, वैधानिक पत्रिकाहरु प्रकाशन गर्ने, सांस्कृतिक मोर्चा, संयुक्त मोर्चा, रणनीतिक मोर्चा, कार्यगत एकता आदि सम्बन्धी नीति निर्धारण गर्ने लगायतका कामहरु समन्वय समितिले गर्नेछ ।

‘अन्य पार्टीमा जान वा अन्जानमा जुनसुकै कारणले प्रवेश गरेका कमरेडहरुलाई पनि व्यक्तिगत वा समूहगत रुपमा समेत पार्टीमा फर्काउन प्रयत्न गर्नेछ । दक्षिणपन्थी नेतृत्वका कारण निरास वा निश्क्रिय बसेका कामरेडहरुलाई पार्टीमा सक्रिय बनाउन प्रयत्न गरिने छ ।’ उनले भने ।

‘वर्तमान संघीय गणतन्त्र भन्दा माथिल्लो स्तरको नयाँ जनवादी व्यवस्था नै संसदीय व्यवस्थाको विकल्प हो ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ४६ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै