१६ बैशाख २०८१, आइतबार | April 29, 2024

बुटवलका सागरले बनाए ब्याक गियरसहितको विद्युतीय मोटरसाइकल



बुटवल । नवीन औद्योगिक कदरबहादुर रिता माबिमा कक्षा १२ मा अध्ययरत विद्यार्थी सागर पोख्रेलले निर्माण गरेको ब्याक गियर सहितको ईलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल प्रदर्शन गरिएको छ ।

सोमबार विद्यालय परिसरमा मोटरसाईकलको परीक्षण गरिनुको साथै प्रतिभावान विद्यार्थी पोख्रेललाई विद्यालय ब्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँबाट सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोख्रेललाई चेक हस्तान्तरण गर्दै सामुदायिक विद्यालय गुणस्तर र क्षमतामा कम नभएको यो एउटा उदाहरण भएको बताईन। शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरभित्रका विद्यालयहरुमा सहयोग गर्दै आएको उनले बताईन ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका १ मा स्थायी घर भएका सागरले करीब १ लाख १० हजार रुपैया खर्चमा मोटरसाइकल तयार गरेको बताए । हजुरबुबा मोतिलाल पोख्रेल, बुबा अनन्तमणि पोख्रेल, सागर पोख्रेल, आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट एमएएसबी नामाकरण गरेको उनले बताए ।

मोटरसाइकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ । करीब ४८ भोल्ट डिसि पावरको छ । हाल १ सय किलोमिटर सम्म दुरी हिड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्छ । यसअघि रोबर्ट, एकेसाभेटर, फ्रिज, फोटोकपि मेसिनहरु समेत बनाएको उनले बताए । विभिन्न मोटरसाईकलका हेडलाईट, टेललाईट, स्प्रिङ लगायत प्रयोग गरि ७ सय ५० वाटको ईलेक्ट्रिक मोटर प्रयोग भएको छ ।

उनी पढाईमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताए ।
कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, विद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालले शुभकामना दिए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : ०७ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क