१ चैत्र २०८२, आइतबार | March 16, 2026

कांग्रेसको आन्तरिक निर्वाचन : झल्को आम निर्वाचनको (फोटो फिचर)



बुटवल । प्रमुख विपक्षी दल एमालेले महाधिवेशनमा हुने निर्वाचनको भिडन्तका कारण पार्टी विभाजन भएको निष्कर्श निकाल्दै सर्वसम्मतको पक्षमा उभिएका बेला कांग्रेसले भने पूर्ण लोकतान्त्रिक बिधिबाट प्रतिनिधि छनौटको प्रक्रियालाई अगाडि बढाएको छ ।

आज कांग्रेसको देशभरी क्षत्रिय समितिका लागि अधिवेशन भइरहेको छ । आम निर्वाचनकै झल्को दिने गरि आज दिनभरी बुटवलको कांग्रेस कार्यकर्ताहरु पार्टीको आन्तरिक निर्वाचनमा जुटेका छन् । बुटवलको बालमन्दिर स्थित बुटवल उद्योग बाणिज्य संघको कार्यालय परिषरमा आज सम्पन्न हुँदै गरेको काँग्रेस क्षेत्रिय अधिवेशनले आम निर्वाचकै झल्को दिएको छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रिय समितिका लागि २ वटा समूह बनाएर चुनावी मैदानमा उत्रिएका काँग्रेसी कार्यकताहरु भन्दा ठुलो संख्यामा चुनावी माहौल हेर्न गएकाहरुले निर्वाचन भइरहेको क्षेत्र भरिभराउ भएको छ ।

उम्मेदवारहरुका समर्थकहरुले लगाएको आ आफ्ना पक्षका नाराले मतदान स्थलको माहौल निकै तताएको छ । संस्थापन पक्ष र इतर पक्षको छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा भिडेका कांग्रेसहरुले निर्वाचन आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड भेद सबै प्रयोग गरेको देखिएको छ । कसैले प्रचार सामाग्री सहितको पानी वितरण गरेका छन् भने कुनै उम्मेदवारले समर्थकहरुलाई जुस पिलाईरहेको दृष्य मतदान स्थलमा देख्न सकिन्छ । ब्यानर र प्रचार सामाग्रीले झकिझकाउ बनाईएको मतदान स्थलमा मतदाता भन्दा बढी समर्थकहरुको हुल बढी देख्न सकिन्छ ।

संस्थापन र पौडेलपक्षबीचको भिडन्त हो ? भनेर खबरकुराको प्रश्नमा संस्थापन पक्षका उम्मेदवार युवराज गिरीले यो कांग्रेसको चुनाव हो भनेर जवाफ फर्काए । गिरीले चुनावमा फरक फरक गुट नभएर काँग्रेसको मात्र चुनाव भएको बताईरहँदा सँगै प्रचारमा भिडेका अर्का उम्मेदवार चोपनाराण श्रेष्ठले भने आफु देउवा पक्षबाट उम्मेदवार बनेको बताइरहेका थिए । म शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेको हो । उनले भने ।

फरक फरक समूह बनाएर चुनावमा भिडेपनि दुबै समूहका सभापतिका उम्मेदवार काजिमान श्रेष्ठ र हरि लम्सालको समिप्यता भने गहिरो देखिन्थ्यो । सँगै मत खसालेका उनीहरुले मतदाताहरुलाई एकताबद्ध काँग्रेसको सन्देश दिन पत्रकारहरुलाई साथसाथमा फोटो समेत खिचाउन भ्याए ।

३ दिन पहिले मात्र रुपन्देहीको भैरहवामा देउवा पक्षले पौडेल पक्षका नेताहरुलाई मत गणनास्थलमा कुटपिट गरेपनि बुटवलमा भने सौहार्दपूर्ण तरिकाबाट दुबै पक्षका उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेका थिए ।

सामान्यतया सडकमा ननिस्केने गरेका बुटवलका उच्च घरानाका व्यक्तिहरु पनि काँग्रेस भित्र आफ्नो समूहलाई जिताउन मतदान स्थलमा खटेका थिए ।

४७ पदका लागि हुन गइरहेको क्षत्रिय समितिको निर्वाचनमा १ सय बढी उम्मेदवारहरु चुनावमा भिडेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा वडाबाट निर्वाचित भएर आएका ६८७ जना मतदाता रहेका छन् ।

 

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ४३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन