२२ चैत्र २०८२, आइतबार | April 6, 2026

अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा सबैले इर्ष्या गर्न लायककाे विकास भएको छ : अर्थमन्त्री शर्मा



चितवन । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इष्र्या गर्न लायक विकास भएको दाबी गरेका छन् ।

चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इष्र्या जागेको बताए । ‘यो इष्र्या भनेको सकारात्मक इष्र्या हो, देशभर सवैले सिक्न लायक विकास हो’ उनले भने ‘यहाँको विकास मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ४२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको