३० भदौ २०८१, आइतबार | September 15, 2024

एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घाेषणा, प्रस्तुत गरे ११ आधार



भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १० औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् ।

मध्यपुर थिमिको सम्पर्क कार्यलयमा नेता बस्नेतले आफ्नाे धारणा प्रस्तुत गरी उम्मेदवारी घाेषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्ति परिचालन गर्न उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

नेता बस्नेतले सचिवमा आफ्ना ११ वटा आधार प्रस्तुत समेत गरेका छन् ।

१. जनयुद्धका नाममा माओवादीले एमालेका तीन सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला युथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

 २. माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको ।

३. माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

४. पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्यहोरेर अपमानित हुनु परेको ।

५. संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

६. एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटकपटक मन्त्री बनाउने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पूरा गर्न नदिए पनि सदनभित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गरेको ।

७. भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रस्तुत  गरेको ।

८. राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

९. पुस ५ पछाडि सत्ता र शक्तिभित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।

 १०. पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पूरा गरेको ।

११. मधेशमा पार्टी अध्यक्ष क केपी शर्मा ओली र एमालेलाई निशेध गर्ने दुसप्रचार गरिरहँदा मधेशका युवा समेटेर एमाले र केपी कमरेडको पक्षमा माहोल शृजना गर्न लागेको । हाम्रो पार्टीको सरकार मजबुत बनाउन मधेसवादी दलसँगको संबाद र सहकार्यमा प्रभाबकारी भूमिका खेलेको ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : २० बजे

सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक

नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको

कोलकाता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

काठमाडौँ । भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा

राजदुतबारे निर्णय गर्ने संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ