७ आश्विन २०८३, बुधबार | September 23, 2026

झापामा महाधिवेशन गर्न प्रचण्डलाई ओलीले दिए चुनौती



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताए ।

‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नु भएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ’, ओलीले भने, ‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’

कोही चुनाव कहीबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उनको भनाइ छ । ‘मलाई सिध्याउन यही (चितवन) बाटो हिड्नु भयो भनेर आरोप लगाउनु हुन्छ । कसरी सकिन्न ? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि । उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्’ उनले भने ।

ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताए ।

एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीले प्रष्ट पारे ।

आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले गत २५ साउनमा अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले जिकिर गरे । उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई