१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थल बुटवलको बालमन्दिरमै कुटिए उम्मेदवार कुमार केसी



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा कुटाकुट भएको छ ।

सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि मंगलबार साँझ कुटाकुट भएको हो । मतगणनाका क्रममा हल्ला नगरि बस्ने भनिएको विषयलाई विवाद गर्दै देउवा पक्षका उम्मेदवार जनक कोइरालाका छोरा प्रसन्न कोईरालाले दिर्घ बहादुर केसी (कुमार) माथि मुक्का प्रहार गरेको प्रत्यक्षदर्शी एक काँग्रेस कार्यकर्ताले खबरकुरालाई बताए । बाबु जनक कोईराला निर्वाचनमा पराजय हुने निश्चित भएपछि आक्रमणमा उत्रिएको नाम नबताउने शर्तमा उनले भने ।

मतगणनास्थलमा भएको कुटाकुटमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)घाइते भएका छन् सभापति शेरबहादुर देउवा समूहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा चोट लागेको पौडेल पक्षले बताएको छ। केसीको ओँठमा ३ वटा टाँका लगाइएको बताइएको छ ।

केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए । मत गणना स्थलमा  अहिले दुईपक्षकाे छलफल चलिरहेकाे छ । पाैडेल पक्षका उम्मेदवार हरि लम्सालले भने सामन्य भनाभन् मात्र भएकाे बताए । यस अघि रुपन्देही ३(क) को निर्वाचनमा मतगणना स्थलमा पनि देउवा पक्षका कार्यकर्ता तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण हुँदा पौडेल पक्षका शैलेस पन्त सहित ५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ४४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना