२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थल बुटवलको बालमन्दिरमै कुटिए उम्मेदवार कुमार केसी



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा कुटाकुट भएको छ ।

सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि मंगलबार साँझ कुटाकुट भएको हो । मतगणनाका क्रममा हल्ला नगरि बस्ने भनिएको विषयलाई विवाद गर्दै देउवा पक्षका उम्मेदवार जनक कोइरालाका छोरा प्रसन्न कोईरालाले दिर्घ बहादुर केसी (कुमार) माथि मुक्का प्रहार गरेको प्रत्यक्षदर्शी एक काँग्रेस कार्यकर्ताले खबरकुरालाई बताए । बाबु जनक कोईराला निर्वाचनमा पराजय हुने निश्चित भएपछि आक्रमणमा उत्रिएको नाम नबताउने शर्तमा उनले भने ।

मतगणनास्थलमा भएको कुटाकुटमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)घाइते भएका छन् सभापति शेरबहादुर देउवा समूहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा चोट लागेको पौडेल पक्षले बताएको छ। केसीको ओँठमा ३ वटा टाँका लगाइएको बताइएको छ ।

केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले बताए । मत गणना स्थलमा  अहिले दुईपक्षकाे छलफल चलिरहेकाे छ । पाैडेल पक्षका उम्मेदवार हरि लम्सालले भने सामन्य भनाभन् मात्र भएकाे बताए । यस अघि रुपन्देही ३(क) को निर्वाचनमा मतगणना स्थलमा पनि देउवा पक्षका कार्यकर्ता तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण हुँदा पौडेल पक्षका शैलेस पन्त सहित ५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ४४ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२