४ पुस २०८२, शुक्रबार | December 19, 2025

काँग्रेस १४ औं महाधिवेशन : घाइते कुमारलाई काठमाडौं रिफर गरियो



बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रिय निर्वाचनको रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थलमा दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसी (कुमार)लाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा दुई समूहबीच भनाभनपछि केसीमाथि काँग्रेस संस्थापन पक्षका प्रस्नन कोईरालाले मुक्का प्रहार गरेको बताइएको छ । कोईरालाको मुक्का प्रहारबाट केसीको आँठ फुटेको र टाउकोमा समेत चोट लागेको घटनास्थलमा रहेका एक काँग्रेस कार्यकर्ताले बताए । घाइते केसीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएको र अस्पतालले थप उपचारका लागि काठमाडौ रिफर गरेको केसीसँगै अस्पताल पुगेका गोपाल ज्ञवालीले जानकारी दिए ।

केसी पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार रहेका थिए। आक्रमणबाट उनको टाउको र मुखमा चोट लागेको छ। बढी रगत बगेको र मुखभित्र र टाउकोमा समेत चोट देखिएकाले काठमाडौं रिरफर भएको केसीसँगै काठमाडौं हिँडेका शंकर मल्लाहले बताए । यती एअरलायन्सको बिमानबाट काठमाडौं लगिएको मल्लाहले बताए ।

मतगणना कार्य सकिनै लाग्दा विवाद उत्पन्न भएपछि अहिले मतगणना कार्य रोकिएको छ। निर्वाचनमा पौडेल पक्षिय उम्मेदवार हरि लम्सालले अग्रता लिएसँगै मतगणना स्थलमा विवाद सुरु भएको थियो ।

कूल खसेको ६ सय ६९ मतमध्ये ६ सय मत गणना भइसकेकोले मतगणना कार्यलाई सुचारू गर्न दुबै पक्ष छलफलमा रहेको सभापतिका उम्मेदवार हरि लम्सालले बताए ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : १७ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ