९ भदौ २०८३, मंगलबार | August 25, 2026

योगेश भट्टराईले सचिवमा उम्मेदवारी दिने



चितवन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए ।

उनले भने, “लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उनले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने जिकिर गरे ।

एमालेको १०औं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो ।

उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोटतर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै भट्टराईले प्रतिनिधि र नेता चितवन आउने क्रम सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : २८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३