१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगन्ज विमानस्थलमा स्यालसँग बुद्ध एयरको विमान ठोक्कियो



नेपालगन्ज । दुई हप्ता पहिले मुगुका लागि उडान भरेको जहाज बँडेललाई ठक्कर दिएर सामान्य दुर्घटना भएको नेपालगन्ज बिमान स्थलमा बुधबार अवतरण गर्दै गरेको जहाजले स्याललाई ठक्कर दिएको छ । काठमाडौं बाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाजले बुधवार साँझ नेपालगन्ज् विमानस्थलमा अवतरणको क्रममा स्याललाई ठक्कर दिएको हो ।

विमानस्थलका प्राबिधिकहरुको सूचनालाई पछ्याउँदै विमानस्थलमा बुधवार साँझ ७ बजेर ५ मिनेटमा अवतरण गरेको बुद्धको 407 9NAJX कल साइन रहेको जहाज अवतरण पछी रन वे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रामा स्याल ठोक्किन आएको बताइएको छ । जहाजको ठक्करबाट स्याल क्षतबिक्षत भएको प्रत्यक्षदर्शी एक विमानस्थलका एक कर्मचारीले बताए । स्थालसँग ठोक्किएपनि विमानमा कुनै क्षति नपुगेको र यात्रुहरुपनि सकुशन रहेको नेपालगन्ज हवाई कार्यालयले जनाएको छ ।

२ हप्ता अघि मात्र नेपालगञ्ज बाट मुगु उडानको लागि रनवे मा दौरिरहेको सिता एयरको टुइनेटर जहाज ३ वटा बँदेलसँग ठोक्किएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ३४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला