१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नेपालगन्ज विमानस्थलमा स्यालसँग बुद्ध एयरको विमान ठोक्कियो



नेपालगन्ज । दुई हप्ता पहिले मुगुका लागि उडान भरेको जहाज बँडेललाई ठक्कर दिएर सामान्य दुर्घटना भएको नेपालगन्ज बिमान स्थलमा बुधबार अवतरण गर्दै गरेको जहाजले स्याललाई ठक्कर दिएको छ । काठमाडौं बाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाजले बुधवार साँझ नेपालगन्ज् विमानस्थलमा अवतरणको क्रममा स्याललाई ठक्कर दिएको हो ।

विमानस्थलका प्राबिधिकहरुको सूचनालाई पछ्याउँदै विमानस्थलमा बुधवार साँझ ७ बजेर ५ मिनेटमा अवतरण गरेको बुद्धको 407 9NAJX कल साइन रहेको जहाज अवतरण पछी रन वे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रामा स्याल ठोक्किन आएको बताइएको छ । जहाजको ठक्करबाट स्याल क्षतबिक्षत भएको प्रत्यक्षदर्शी एक विमानस्थलका एक कर्मचारीले बताए । स्थालसँग ठोक्किएपनि विमानमा कुनै क्षति नपुगेको र यात्रुहरुपनि सकुशन रहेको नेपालगन्ज हवाई कार्यालयले जनाएको छ ।

२ हप्ता अघि मात्र नेपालगञ्ज बाट मुगु उडानको लागि रनवे मा दौरिरहेको सिता एयरको टुइनेटर जहाज ३ वटा बँदेलसँग ठोक्किएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ३४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम