२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्ज साइक्लिङ्ग क्लबको अध्यक्षमा सतिस निरौला निर्विरोध निर्वाचित



नेपालगन्ज । नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको तेस्रो अधिवेशनले नेपालगन्ज साइक्लिङ्ग क्लबका सस्थापक सदस्य सतिश निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेकाे छ।

आज सम्पन्न अधिवेशनले क्लवको बरिस्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की , उपाध्यक्षमा चन्द्र श्रेष्ठ , सचिवमा प्रदीप सापकोटा , सहसचिवमा कविराम बुढाथोकी कोषाध्यक्षमा राजेस गुप्तालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा प्रेम केसी, कृष्ण खनाल , बाबुराम बिश्वकर्मा,निरज कार्की (अल्भिन), रमेशराज रेग्मी , बिजयन्द्र जिसि,पन्कजमान श्रेष्ठ , शुभकर मल्ल र दिपक मल्ल निर्वाचित भएका छन् ।

बाकेको खजुरामा सम्पन्न भएको अधिवेशनको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतीले उद्घाटन गरेका थिए । उदघाटनका अवसरमा बोल्दै अध्यक्ष कक्षपतीले स्वास्थ्य , पर्यावरण र पर्यटनको नारा लिएर कार्य गर्दै आएको नेपालगन्ज साइक्लिङ क्लब को गतिविधि प्रसँशनिय रहेको बताए । उनले साइकल अभियान लाई आफ्नो पालिका बाट सदैव सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा खजुरा गाउँ पालिका वडा न-४ का अध्यक्ष तिलकविर सुनार , क्लब का सस्थापक उपाध्यक्ष पन्कज श्रेष्ठ , क्लबका सस्थापक सदस्य तथा कृयटिभ ह्यान्ड्स का अध्यक्ष टिएस ठकुरी लगायतले अधिवेशनको सफलता शुभकामना दिएका थिए ।

तेस्रो अधिवेशन तथा ५ औं साधारणसभाले कोषाध्यक्ष शालिक सुवेदीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र सचिव सुरेन्द्र कार्कीले प्रस्तुत गरेको प्रगतिप्रतिवेदन सुझाव सहित पास गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ५६ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट