१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नेपालमा ४२ औं भाषाविज्ञान अनलाइन सम्मेलन हुँदै



काठमाडौँ । भाषाविज्ञान समाज नेपालले ४२ र्औ वार्षिक सम्मेलनको आयोजना गर्ने भएको छ । मङ्‍सिर १० र ११ गते दुई दिन समाजको ४२ औं वार्षिक सम्मेलन हुनेभएको हो ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट सम्मेलन आयोजना गरिने समाजले जनाएको छ । समाजले विगत ४० वर्षदेखि अविछिन्‍न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिख (मङ्‍सिर १० र ११ गते) मा वार्षिक सम्मेलन गर्दै आएको छ ।

यसअघिका सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना भाषाविद्हरू सहभागी हुँदै आएकोमा यस वर्ष भने कोभिड १९ का कारण ९ वटा देशबाट मात्र सहभागिता रहने जनाइएको छ । यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए । ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्‍न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरू माथि छलफल गरिने छ।’ उनले भने, ‘अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभावका विषयमा छलफल हुने छ ।’

समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू सम्मेलनको एजेण्डामा समेटिएको अध्यक्ष चालिसेले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १२ : ४५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग