२ बैशाख २०८३, बुधबार | April 15, 2026

नेपालमा ४२ औं भाषाविज्ञान अनलाइन सम्मेलन हुँदै



काठमाडौँ । भाषाविज्ञान समाज नेपालले ४२ र्औ वार्षिक सम्मेलनको आयोजना गर्ने भएको छ । मङ्‍सिर १० र ११ गते दुई दिन समाजको ४२ औं वार्षिक सम्मेलन हुनेभएको हो ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट सम्मेलन आयोजना गरिने समाजले जनाएको छ । समाजले विगत ४० वर्षदेखि अविछिन्‍न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिख (मङ्‍सिर १० र ११ गते) मा वार्षिक सम्मेलन गर्दै आएको छ ।

यसअघिका सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना भाषाविद्हरू सहभागी हुँदै आएकोमा यस वर्ष भने कोभिड १९ का कारण ९ वटा देशबाट मात्र सहभागिता रहने जनाइएको छ । यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए । ‘यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्‍न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरू माथि छलफल गरिने छ।’ उनले भने, ‘अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभावका विषयमा छलफल हुने छ ।’

समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू सम्मेलनको एजेण्डामा समेटिएको अध्यक्ष चालिसेले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १२ : ४५ बजे

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण