१२ बैशाख २०८१, बुधबार | April 25, 2024

सार्वजनिक यातायात बन्द गर्ने निर्णयबाट चितवन प्रशासन पछि हट्यो, संवेदनशिल क्षेत्रमा निषेधाज्ञा



चितवन । स्थानीय प्रशासनले महाधिवेशनको सुरक्षा भन्दै एमाले महाधिवेशनको उदघाटनको दिन शुक्रबार दिनभरी चितवनको भरतपुर महानगर क्षेत्रको सार्वजनिक सवारीलाई रोक लगाउने निर्णय गरेपनि अहाधिवेशनको आयोजक एमालेबाटै सर्वसाधारणले दुःख पाउने गरि यातायात बन्द गराउन थालेको भन्दै प्रशासनको आलोचना आएपछि प्रशासनले सार्वजनिक सवारीमा रोक लगाउने निर्णय सच्याएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन बैकल्पिक मार्गबाट यातायात सुचारु गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले महाधिवेनलाई असर नपर्ने गरि बैकल्पिक मार्गको पहिचान गरि सवारी आवागमन गराउने व्यवस्था मिलाइएको बताए ।

जिल्ला सुरक्षा समितिले यस अघि उदघाटन सत्रका दिन चितवनका अधिकांस स्थानहरुमा सवारी आवागमन निषेध गर्ने निर्णय गरेको थियो । प्रशासनको तयारी सार्वजनिक भएसँगै प्रेस चौतारीले नारायणी किनारमा बिहिबार साँझ गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रशासनको कदमको आलोचना गरेका थिए ।

महाधिवेशन आयोजक एमालेबाटै आलोचना भएपछि स्थानीय प्रशासनले निर्णय सच्याउँदै यातायात बन्द नगरी वैकल्पिक मार्ग प्रयोग गरेर सेवा नियमित राख्ने जनाएको हो । पत्रकार सम्मेलनमा भट्टराईले पनि यातायात सेवा नियमित हुनुपर्ने बताएका थिए ।

कार्यक्रमस्थलका कारण यातायात अवरुद्ध हुने अवस्था आएपछि प्रशासनले निश्चित क्षेत्रलाई निषेधित क्षेत्र समेत घोषणा गरेको छ । यी क्षेत्रमा अत्यावश्यक सेवाका गाडी भने चलाउने व्यवस्था गरिने प्रहरीले जनाएको छ।

नारायणी पुलपारिबाट आउने सवारी व्यवस्थापनमा भने थप चुनौती देखिएको छ। प्रशासनले काठमाडौंबाट जाने सवारीहरु आँपटारीबाट अगाडि प्रवेश गर्न रोक लगाएको थियो भने पूर्वबाट आउनेलाई टिकौली जंगल नजिकै रोकिने बताएको थियो । पश्चिमबाट आउने सवारी नारायणी नदी पुलपारि नै रोक्ने प्रशासनको तयारी थियो ।

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : ५७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको