९ भदौ २०८३, मंगलबार | August 25, 2026

सार्वजनिक यातायात बन्द गर्ने निर्णयबाट चितवन प्रशासन पछि हट्यो, संवेदनशिल क्षेत्रमा निषेधाज्ञा



चितवन । स्थानीय प्रशासनले महाधिवेशनको सुरक्षा भन्दै एमाले महाधिवेशनको उदघाटनको दिन शुक्रबार दिनभरी चितवनको भरतपुर महानगर क्षेत्रको सार्वजनिक सवारीलाई रोक लगाउने निर्णय गरेपनि अहाधिवेशनको आयोजक एमालेबाटै सर्वसाधारणले दुःख पाउने गरि यातायात बन्द गराउन थालेको भन्दै प्रशासनको आलोचना आएपछि प्रशासनले सार्वजनिक सवारीमा रोक लगाउने निर्णय सच्याएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन बैकल्पिक मार्गबाट यातायात सुचारु गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले महाधिवेनलाई असर नपर्ने गरि बैकल्पिक मार्गको पहिचान गरि सवारी आवागमन गराउने व्यवस्था मिलाइएको बताए ।

जिल्ला सुरक्षा समितिले यस अघि उदघाटन सत्रका दिन चितवनका अधिकांस स्थानहरुमा सवारी आवागमन निषेध गर्ने निर्णय गरेको थियो । प्रशासनको तयारी सार्वजनिक भएसँगै प्रेस चौतारीले नारायणी किनारमा बिहिबार साँझ गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रशासनको कदमको आलोचना गरेका थिए ।

महाधिवेशन आयोजक एमालेबाटै आलोचना भएपछि स्थानीय प्रशासनले निर्णय सच्याउँदै यातायात बन्द नगरी वैकल्पिक मार्ग प्रयोग गरेर सेवा नियमित राख्ने जनाएको हो । पत्रकार सम्मेलनमा भट्टराईले पनि यातायात सेवा नियमित हुनुपर्ने बताएका थिए ।

कार्यक्रमस्थलका कारण यातायात अवरुद्ध हुने अवस्था आएपछि प्रशासनले निश्चित क्षेत्रलाई निषेधित क्षेत्र समेत घोषणा गरेको छ । यी क्षेत्रमा अत्यावश्यक सेवाका गाडी भने चलाउने व्यवस्था गरिने प्रहरीले जनाएको छ।

नारायणी पुलपारिबाट आउने सवारी व्यवस्थापनमा भने थप चुनौती देखिएको छ। प्रशासनले काठमाडौंबाट जाने सवारीहरु आँपटारीबाट अगाडि प्रवेश गर्न रोक लगाएको थियो भने पूर्वबाट आउनेलाई टिकौली जंगल नजिकै रोकिने बताएको थियो । पश्चिमबाट आउने सवारी नारायणी नदी पुलपारि नै रोक्ने प्रशासनको तयारी थियो ।

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : ५७ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३