११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

प्रधानन्यायाधीश प्रकरणमा नेपाल बार र प्रधानमन्त्रीबीच छलफल हुँदै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कडा आन्दोलनमा उत्रिएको नेपाल बारको आन्दोलनबाट भाग्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देवाउले प्रधानन्यायाधीश प्रकरणमा पहिलो पटक आन्दोलनरत नेपाल बारका भेट गर्ने भएका छन् । प्रधानन्यायाधीश प्रकरणमा आफुलाई अलग राख्दै आएका देउवाले आज पहिलो पटक नेपाल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

प्रधानन्त्रीसँग छलफलकै अवसरमा बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम रहेको बार अध्यक्ष श्रेष्ठले बताए । यस अघि बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : २४ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम