२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले महाधिवेशनले रंगिएको चितवन, उद्घाटन सत्र अघिको चहलपहल (फोटो फिचर)



चितवन । नेकपा एमालेको १०औं महाधिवेशन आजबाट सुरु हुनलागेको छ । चितवनको नारायणघाटस्थित नारायणी नदीको किनारामा हुन लागेको उद्घाटन सत्रमा भाग लिन देशभरबाट एमाले समर्थकहरुको ओइरो लागेको छ ।

सहभागीहरु चारैतिरबाट नारायणघाट बजार प्रवेश गरिरहेका छन् । विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी भैरहेको छ । देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् ।

उदघाटन समारोहपछि भोलिदेखि सौराहामा बन्दसत्र आयोजना हुँदैछ । यही बन्दसत्रबाट एमालेले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरू शुक्रबार बिहान सौराहास्थित होटेलको प्राङ्गणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् ।

महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष केपी ओलीनिकटका रूपमा चिनिएका पृृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : १८ बजे

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन

खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा