४ पुस २०८२, शुक्रबार | December 19, 2025

भीम रावलका समर्थकद्वारा बन्दसत्र हल बाहिर पर्चा वितरण, स्वयंसेवकद्वारा अवरोध



सौराहा । एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्न खोजेका भीम रावलका समर्थकहरुले उनको पक्षमा पर्चा वितरण गरेका छन् ।

बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ । महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।

पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । सोही कारण देखाउँदै स्वयं सेवकहरुले भने पर्चा वितरणमा रोक लगाएका छन् ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, रावलले अध्यक्षमा उठ्ने बताएपनि अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन ।

अध्यक्ष केपी ओली भने सर्वसम्मतिका नाममा एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ४२ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा