४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओलीको आग्रह – भीम, सुवास र विष्णु उपाध्यक्षमा बसिदिनुस्



काठमाडौं । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गरेका छन् ।

बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका बीच ओली आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहेका छन् ।

भेटका क्रममा उनले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहेका छन् । तर अहिलेसम्म रावलसँग ओलीले संवाद गरेका छैनन् । ओलीलाई लाइनमा गएर नभेट्ने अडान राख्दै रावल भेट्न नगएका हुन् ।

रावल निकट एक नेताका अनुसार ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले भने चुनावी प्रचार थालेका छन् ।

आफ्नै टिम मिलाउन सकस परिरहेका वेला ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिएका छन् ।

राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गरे पनि सो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।

उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाबमा ओली छन् ।

दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि सो समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताए । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट गरे फर्केका छन् ।

सहमति नभएसम्म बन्दसत्र हलमा नजाने अडानमा रहेका ओलीका कारण कतिपय प्रतिनिधि भने अधिवेशन लम्बिने चिन्तामा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ५२ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा