११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

आफ्नै प्रस्तावलाई सर्वसम्मत बनाउन ओलीको सक्रियता तिब्र, पूर्व माओवादी नेताहरुसँग गोप्य भेटवार्ता



काठमाडौं । निर्वाचनलाई निषेध गर्दै आफ्नो प्रस्तावमा सहमति गराउने प्रयासमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आफ्नै प्रस्तावलाई सर्वसम्मत रुप दिन नेतृत्व चयनका लागि छलफलमा जुटेका ओली आइतबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका पूर्व माओवादी नेतासँग छलफल गरेका हुन् ।

आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको एमाले स्रोतले दाबी गरेको छ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि एमालेका वहालवाला नेताहरु र बिभिन्न अवस्थामा एमालेमा भित्रिएका नेताहरुसँगको भेटवार्तालाई तिब्र पारेका छन् ।

पूर्व माओवादी नेताहरुले पनि आफूहरु सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको र आफ्नो पक्षलाई पदाधिकारीमा कम्तिमा ३ वटा स्थान दिनुपर्ने माग ओली समक्ष राखेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ४८ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम