९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले महाधिवेशन : साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी



चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार दिनभरी बन्दसत्र सुरु हुन सकेन । अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत बनाउने अभ्यास गरेरै आइतबारको दिन बितेको छ । आइतबार बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो । शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने भनिएपनि पूर्व निर्धारित निर्वाचन कार्यक्रम ओलीको निर्देशनमा रोकिएको एमाले स्रोतले जनाएको छ ।

झण्डै २ महिना पहिले ६ हजार पार्टी सदस्यहरुले बनाएको विधान विपरित अध्यक्ष बन्न तम्सिएका ओली र विधान विपरित जनाभावी पदाधिकारी र केन्दीय सदस्यहरु थप गरेर महाधिवेशन अगाडि बढाउने प्रयासका कारण बन्दसत्र लम्बिएको स्रोतको दाबी छ ।

ओलीले दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको र ओलीले तयार पारेको सूचीलाई बन्दसत्रबाट ताली बजाएर अनुमोदन गराउँदै महाधिवेशनको अन्त्य गर्ने तयारीमा ओली रहेको बताइएको छ ।

साँझ ७ बजेबाट बन्दसत्र सुरु गर्ने तयारीमा ओली रहेको पनि स्रोतले बतायो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ५७ बजे

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय