२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एमाले महाधिवेशन : साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी



चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार दिनभरी बन्दसत्र सुरु हुन सकेन । अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत बनाउने अभ्यास गरेरै आइतबारको दिन बितेको छ । आइतबार बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो । शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने भनिएपनि पूर्व निर्धारित निर्वाचन कार्यक्रम ओलीको निर्देशनमा रोकिएको एमाले स्रोतले जनाएको छ ।

झण्डै २ महिना पहिले ६ हजार पार्टी सदस्यहरुले बनाएको विधान विपरित अध्यक्ष बन्न तम्सिएका ओली र विधान विपरित जनाभावी पदाधिकारी र केन्दीय सदस्यहरु थप गरेर महाधिवेशन अगाडि बढाउने प्रयासका कारण बन्दसत्र लम्बिएको स्रोतको दाबी छ ।

ओलीले दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको र ओलीले तयार पारेको सूचीलाई बन्दसत्रबाट ताली बजाएर अनुमोदन गराउँदै महाधिवेशनको अन्त्य गर्ने तयारीमा ओली रहेको बताइएको छ ।

साँझ ७ बजेबाट बन्दसत्र सुरु गर्ने तयारीमा ओली रहेको पनि स्रोतले बतायो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ५७ बजे

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई