७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मोरङ कांग्रेस सभापतिमा फेरि निर्वाचन



विराटनगर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ ।

मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दिलीप गच्छदारले एक हजार १५९ र यदु विष्टले ५६३ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानअनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर मत बाहेक खसेको मतको कम्तीमा ५१ प्रतिशत ल्याउनुपर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि उमेद्वारको बहुमत आएन ।

तेस्रो स्थान प्राप्त गर्नुभएका सभापतिका उम्मेदवार विष्ट प्रतिस्पर्धाबाट बाहिरिने तथा लिम्बू र गच्छदारबीच प्रतिस्पधा हुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए। उनका अनुसार निर्वाचनका विषयमा छलफल भइरहेको छ टुङ्गो लागेको छैन । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा तीन हजार ४१२ मत खसेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : १६ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२