८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले १० औँ महाधिवेशन : लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा नौ जना निर्विरोध



बुटवल । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जनकारीअनुसार लुम्बिनी प्रदेशको नौ वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नौ कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नौ कोटामा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् । जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।

महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल ९भुसाल० र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुने भएका हुन् । एद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ०५ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर