९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान जारी



काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि निकै ढिलो गरी बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको छ ।
चितवनको सौराहामा जारी १०औं महाधिवेशनको बन्द सत्रअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान भैरहेको हो ।

बिहान ४ बजेबाट सुरु भएको चुनावमा पहिलो मतदान उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले गरेका छन् । अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले पनि सुरुमै मतदान गरे ।
मतदानपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार भीम रावलले पार्टीको नीति र सिद्धान्तअनुसार चुनावले लोकतन्त्रलाई बलियो बनाउने दाबी गरे । उनले प्रतिनिधि चयनमै व्यापक गलत काम भएको आफुले पहिलेदेखि नै बताउँदै आएका कारण परिणामलाई सहज रुपमा लिने बताए ।

सुरुमा राति ९ बजेबाट मतदान गर्ने भनिएको थियो । तर पछि कार्यतालिका संशोधन गर्दै राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र २ बजेबाट मतदान सुरु गर्ने भनिएको थियो । तर सो समयमा पनि मतदान हुन सकेन । जसका कारण प्रतिनिधिहरु रातभर अनिदो बस्न बाध्य भएका छने ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५६ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै