४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान जारी



काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि निकै ढिलो गरी बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको छ ।
चितवनको सौराहामा जारी १०औं महाधिवेशनको बन्द सत्रअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान भैरहेको हो ।

बिहान ४ बजेबाट सुरु भएको चुनावमा पहिलो मतदान उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले गरेका छन् । अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले पनि सुरुमै मतदान गरे ।
मतदानपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार भीम रावलले पार्टीको नीति र सिद्धान्तअनुसार चुनावले लोकतन्त्रलाई बलियो बनाउने दाबी गरे । उनले प्रतिनिधि चयनमै व्यापक गलत काम भएको आफुले पहिलेदेखि नै बताउँदै आएका कारण परिणामलाई सहज रुपमा लिने बताए ।

सुरुमा राति ९ बजेबाट मतदान गर्ने भनिएको थियो । तर पछि कार्यतालिका संशोधन गर्दै राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र २ बजेबाट मतदान सुरु गर्ने भनिएको थियो । तर सो समयमा पनि मतदान हुन सकेन । जसका कारण प्रतिनिधिहरु रातभर अनिदो बस्न बाध्य भएका छने ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज