१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले केन्द्रीय कमिटीमा विशाल भट्टराई किन अटेनन् ?



खोटाङ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमाले अध्यक्ष केपी ओली निकट हुन् । अध्यक्ष ओलीको विश्वासपात्र भएकै कारण भट्टराईले एमालेका प्रमुख सचेतकको भूमिकामा छन् ।

चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम अटाएन । प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अडकालबाझी भइरहेका छन् । सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन् ।

तर, भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउनेगरी केन्द्रीय कमिटिमा नाम नराखिएको प्रष्ट्याएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा लाग्ने जानकारी दिएका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने आश्वासन दिएका छन् । ‘खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ । म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,’ भट्टराईले लेखेका छन्, ‘यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन । नेपाली राजनीतिमा मेरो सानो-ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोही चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।’

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ४५ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु